नेप्से परिसूचक ९.२५ अंकले बढ्यो

बुधबार २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर ३५ हजार ८३५ पटक खरिदबिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९.२५ अंकले बढेको छ। बुधबार नेप्से बढेर २०८६.८४ अंक पुगेको छ। 

बुधबार २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर ३५ हजार ८३५ पटक खरिदबिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको छ। बाँकी सबै समूहको उपसूचक बढ्दा जलविद्युत् समूह ५.६८, लघुवित्त ११.०७ र व्यापार समूह १.७८ अंकले घटेको छ।  

सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८.०८ र निर्जीवन बीमा समूह ६५.४४ अंकले बढेको छ। त्यस्तै, बैंकिङ समूह १०.५१, विकास बैंक ३९.३३, वित्त ३०.६२ र लगानी समूह ०.०१ अंकले बढेको छ। 

त्यस्तै, जीवन बीमा ४२.८१, उत्पादन तथा प्रशोधन १७.८४, म्युचुअल फन्ड ०.०१ र अन्य समूह ४.६६ अंकले बढेको छ। आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै ४.१४ प्रतिशतले बढेको हो। 

सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १८ लाख १८ हजार ९०९ कित्ता शेयर किनबेच भएको छ।