डेंगीको संक्रमणबाट हुनसक्ने महामारी रोकथामका लागि काठमाडौँ महानगरले लार्भा नष्टका साथै सचेतना अभियान थालेको छ। यो अभियान महानगरका सबै वडामा सञ्चालन गरिएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले डेंगीको संक्रमणबाट हुनसक्ने महामारी रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान चलाएको छ। महानगरले सबै वडामा एकैसाथ लार्भा नष्ट र सचेतना अभियान चलाएको हो।
हरेक वडामा सम्बन्धित वडाले नै नेतृत्व गर्ने गरी अभियान चलाइएको महानगरले जनाएको छ। अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविका सहभागी छन्। माइकिङ गरेर स्थानीयलाई पनि अभियानमा सामेल हुन अनुरोध गरिएको छ।
यो अभियान बुधवार वडा नं. ३१ स्थित शान्तिबाटिकाबाट शुरू गरिएको थियो। अभियानमा पानी जमेको ठाउँमा लार्भा नष्ट गर्ने, सरसफाई गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने गरिएको छ। त्यसैगरी, सर्वसाधारणलाई डेंगीका विषयमा जानकारी दिने र बच्ने उपायबारे जानकारी दिने गरिएको छ।
बुधबार शान्तिबाटिकादेखि बागमती नदी किनारसम्म, घट्टेकुलो, मैतीदेवी, ताहाचल ककन्चो मार्ग, लैनचौर, जैसीदेवल लगायत क्षेत्रमा लार्भा नस्ट गरिएको छ। त्यसैगरी, नागपोखरी, कुलेश्वर, बांगेमुढा, न्योखा, तननी, टेंगल, भेडासिं, मच्छिन्द्रबहाल क्षेत्र, कालोपुल, भृकुटीमण्डप, इटुम्बहाल, इन्द्रचोकलगायत ठाउँमा पनि सरसफाइ अभियान चलाइएको छ।
पछिल्लो समय काठमाडौँलगायत देशका धेरै स्थानमा डेंगीको प्रकोप देखिएको छ। डेंगीले धरान, मोरङका केही स्थान, भरतपुर र काठमाडौँमा धेरै जना बिरामी परेका छन्। पहाडी जिल्लामा पनि डेंगीको प्रकोप देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
