सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएसँगै सरकारले पायो पूर्णता

सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्रीमा कांग्रेसका शिवराज भट्ट र नागरिक उन्मुक्तिका रामेश्वर चौधरी छन्। नागरिक उन्मुक्तिका कैलाश चौधरी राज्यमन्त्री भएका छन्।

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्‍य मन्त्रीले शपथ लिएका छन्। कांग्रेस र नागरिक उन्मुक्तिबाट नियुक्त मन्त्रीले सपथ लिएका हुन्।

समथ लिनेमा कांग्रेसबाट एक मन्त्री तथा नागरिक उन्मुक्तिबाट एक मन्त्री र एक राज्यमन्त्री छन्। योसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ।

कांग्रेसबाट शिवराज भट्ट आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त भएका छन्। रामेश्वर चौधरी यसअघि सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका प्रमुख सचेतक थिए।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन्। नवनियुक्त राज्यमन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले सपथ गराए।