उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए।
काठमाडौँ– नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा मिसिसौगा प्यान्थर्सलाई ८ विकेटले पराजित गरेको छ।
गएराति भएको खेलमा जितका लागि पाएको ५७ रनको लक्ष्य पछ्याएको सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
सर्रेको जितमा मोहम्मद हरिसले ३७ रनको योगदान दिए। उनी २३ बलमा ६ चौका र १ छक्कासहित अविजित रहे।
प्यान्थर्सका सेसिल परवेज र उस्मान कादिरले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको प्यान्थर्स १४.३ ओभरमा ५६ रनमा अलआउट भएको थियो।
प्यान्थर्सका श्रेयस मोभाले १७ र निखिल दत्तले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
२३औँ जन्मदिनमा सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए। उनले प्लेयर अफ द म्याच अवार्ड जिते। कप्तान इफ्तिखर अहमदले १३ रन खर्चेर २ विकेट लिए। म्याथ्यु फोर्डले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए।
जारी सिजनमा सन्दीपले चौथो पटक अवार्ड जितेका हुन्। सन्दीपले प्लेयर अफ द म्याचबापत एक हजार डलर प्राप्त गरे।
उनले यसअघि तीन पटक ५०० डलर पुरस्कार राशी भएको मोमेन्ट अफ द म्याच अवार्ड जितेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
