पक्राउ परेका नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु, सो बापत नगद दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
खलङ्गा– नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षीय इश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भूललाई पक्राउ गरिएको डीएसपी तर्कराज पाण्डेयले जानकारी दिए।
मालिकार्जुन गाउँपालिका–३ का श्यामसिंह धामीलगायत सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी पाण्डेयले बताए। पक्राउ परेका नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु, सो बापत नगद दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ।
पीडित सात जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन देखाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाको खाता नम्बर र ई–सेवामा रकम आएको बताइएको छ।
उनीहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
