१०० किलो सुन तस्करी अनुसन्धानमा सीआईबीलाई बाहिर राखेर राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुले प्रधानमन्त्रीमाथि नै आशंका उब्जिएको कोइरालाले बताएका छन्।
काठमाडौँ– कांग्रेस नेता शेखर कोइरालाले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संलग्नता हुनसक्ने आशंका गरेका छन्।
नेपाल प्रेस युनियनले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराएर सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्नुले शंका उब्जिएको बताएका हुन्।
“सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको छ,” उनले भने, “प्रहरीलाई अनुसन्धानमा संलग्न नगराई राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमले खोज्नुपर्छ।”
सुन तस्करीमा माथिल्लो तहका नेताको संलग्नता रहेकाले घटना सामसुम बनाउने प्रयास भइरहेको नेता कोइरालाको दाबी छ।
“सुन काण्डमा रोचक के छ भने सीआईबी संलग्न छैन। राजश्व अनुसन्धान मात्रै संलग्न छ। त्यो इन्ट्रेस्टिङ छ,” उनले भने, “राजश्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अन्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा आफूअन्तर्गत ल्याउनुभयो। शेरबहादुरजीले पनि फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन। के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ?”
एकपछि अर्को काण्ड निकाल्ने र ठूला मान्छे तानिने भएपछि बीचैमा छाड्ने प्रवृत्ती मौलाएको नेतथा कोइरालाको भनाइ छ।
“भुटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो। दुवै टुंगोमा पुगेनन्। अनि सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही यसमा संलग्न हुन्छ,” उनले भने, “यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनै पनि निष्कर्षमा पुग्दैनन्, किनभने माथिका मानिस सहभागी हुन्छन्।”
कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरू छलफलमा बसिरहेकोप्रति पनि कोइरालाले आशंका व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
