सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै एमालेले संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ।
काठमाडौँ– सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै एमालेले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ।
बिहीबार बैठकको शुरूआतमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने सुनिश्चित नभएसम्म संसद् चल्न नदिने बताए।
“सुन प्रकरणमा प्रकरणमा नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन्। प्रधानमन्त्री र गृहमन्त्रीले बाहिर भन्दा कसैलाई पनि छोडिँदैन भनेर भन्ने, तर व्यवहार अर्कै हुने कुराले यसमा झन् आशंका बढाएको छ,” उनले भने, “यी कुराको छानबिनका निम्ति उच्चस्तरीय समिति बन्दैन। तबसम्म सदनको कारबाही अगाडि बढ्न सक्दैन।”
त्यसपछि एमाले सांसदले उठेर विरोध गरेका थिए। सुनकाण्डमा सरकार नै मुछिएको भन्दै एमालेले प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो।
अध्यक्ष तिमिल्सिनाले सुन प्रकरणकै विषयमा पटक–पटक बैठकमा अवरोध भइसकेको र सरकारको समेत ध्यानाकर्षण गराइएको भन्दै बसेर बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए।
एमालेले सांसदले अवरोध कायमै राखेपछि अध्यक्ष तिमिल्सिनाले बैठक साउन २२ गतेका दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
