राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले खेल्नेबित्तिकै एसोसिएटले टेस्ट प्लेइङ राष्ट्रलाई हराउन नसक्ने बताएका छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले खेल्नेबित्तिकै एसोसिएटले टेस्ट प्लेइङ राष्ट्रलाई हराउन नसक्ने बताएका छन्। चरणबद्ध रूपमा टोलीमा सुधार हुँदै जाने भएका कारण भारत र पाकिस्तानलाई एकैपटक हराउन नसक्ने उनले बताएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकामा राखेको ‘हाइ पफर्मेन्स क्याप’मा प्रशिक्षण गरेर फर्किएका उनले उक्त कुरा बताएका हुन्। “एशोसिएट र टेस्ट प्लेइङ क्रिकेटमा फरक त भइहाल्छ। एशोसिएटमा त जित्छौँ, तर टेस्टमा गाह्रो छ। हामी सोच्छौँ जानेबित्तिकै टेस्ट प्लेइङलाई जित्छौँ। त्यो रियालिस्टिक हुँदैन जस्तो लाग्छ। एक महिनामै टोलीमा चेन्जेज आउँछ भन्ने छैन। बिस्तारै बिस्तारै चेन्ज आउँछ,” उनले भने।
नेपालले श्रीलंका जानुअघि जिम्बावेमा नेपालले एक दिवसीय विश्वकप छनोट खेलेको थियो। तर, नेपाल समूह चरणबाटै बाहिरियो। यद्यपि, नेपालले घरेलु टोली, वेस्ट इन्डिज र आयरल्यान्डजस्ता टेस्ट प्लेइङ राष्ट्रसँग खेलेको थियो। यस्तै, नेदरल्यान्ड, अमेरिका र यूएईसँग पनि खेल्यो।
तर, नेपालले एसोसिएट राष्ट्र अमेरिका र यूएईलाई मात्रै पराजित गर्न सक्यो। त्यसपछि नेपालले श्रीलंकामा एसीसी इमर्जिङ टिम्स कप खेलेको थियो।
इमर्जिङ कपमा नेपालले टेस्ट प्लेइङ राष्ट्र भारत र पाकिस्तानसँगै यूएईसँग खेलेको थियो। तर, नेपालले पुनः यूएईको ‘ए’ टोलीलाई मात्रै पराजित गर्न सक्यो। समग्रमा दुवै प्रतियोगितामा नेपालको ब्याटिङ कमजोर देखिएको थियो।
तर, कप्तान रोहितले भने टोलीमा बिस्तारै परिवर्तन आइरहेको बताए। “एक महिनामा केही पनि चेन्ज हुँदैन। एक महिनाका कोही पनि विराट कोहली हुँदैन, बाबर आजम बन्दैन। टाइम लाग्छ,” उनले भने।
मुख्य प्रशिक्षक मोन्टी देसाईले इमर्जिङ कपमा ज्ञानेन्द्र मल्ल, करण केसी र आरिफ शेखलाई विश्राम दिएर देव खनाल, सन्दीप जोरा, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाललाई मौका दिएका थिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले भने क्यानडामा ग्लोबल टी२० कारण इमर्जिङ कप गुमाएका थिए।
इमर्जिङ कपबाट युवा खेलाडीले ‘एक्सपोजर’ पाएको उनले बताए। “भारत र पाकिस्तान ‘ए’ टिम राम्रो छ। उक्त खेलमा बलिङ अट्याक गर्न र राम्रोसँग बल खेल्न पाए। आउने एशिया कपमा यसले हेल्प गर्छ,” उनले भने।
श्रीलंकामा आयोजना भएको ‘हाइ पफर्मेन्स क्याप’मा भने यी दुई प्रतियोगितामा देखिएको समस्याको सुधार गरेको बताए। “स्किलमा काम गर्यौँ, सट बलमा। होपफुली राम्रो हुन्छ भन्ने लागेको छ। १४५/१५० स्पिड इजी हुन्छ भन्ने हुँदैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
