वडासचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ।
बेनी– म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेपछि गाउँपालिकाले कारबाहीका लागि सिफारिस गरेको छ। वडासचिव आचार्यले लाभग्राहीको चेकमा आफैँले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो।
गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका सामाजिक विकास समिति संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नं १ का वडासदस्य बलमान गौचन र पञ्जीकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। साउन २५ गतेदेखि छानबिन समितिले छानबिन गरेको र छानबिनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाण संकलन भएको संयोजक शेरपुञ्जाले जानकारी दिए।
उक्त समितिले ७० पृष्ठ लामो प्रतिवेदन तयार गरी बुधबारको कार्यपालिका बैठकमा पेस गरेको थियो।
कार्यपालिका बैठकले छानबिन समितिको निष्कर्षका आधारमा वडासचिव आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भेटिएको भन्दै आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिससहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए।
वडासचिव आचार्यले सामाजिक सुरक्षा पाउने बेगका टीकामा पुर्जा, रमायाँ फगामी पुन, लालमाया फगामी पुन र विन्दु गर्वुजाको भत्ता रकम आफ्नै हस्ताक्षर र औँठा छाप लगाएर लिनाका साथै मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भत्तासमेत आफैँले झिक्ने गरेको भेटिएको थियो। वडासचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ।
उजुरी पछि आचार्यलाई वडासचिवबाट फिर्ता बोलाएर गाउँपालिकामा हाजिर गराइएको थियो। लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाही गर्ने अधिकार स्थानीय तहलाई नभएकाले आवश्यक छानबिन गरेर कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिससहित पठाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भवबादुर भण्डारीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
