समितिको बैठकमा प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताएका थिए।
काठमाडौँ– संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारबाट सिफारिस राजदूतहरूको नाम सुनुवाइ समितिको बिहीबारको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो।
मन्त्रिपरिषद्को असार २६ गतेको निर्णयअनुसार विभिन्न मुलुकको राजदूत तथा स्थायी प्रतिनिधि पदमा प्रस्तावित नाम परराष्ट्र मन्त्रालयमार्फत साउन १ मा समितिमा आएको थियो।
सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदूतमा सुधीर भट्टराईको नाम प्रस्ताव गरेको थियो।
प्रस्तावित राजदूतहरूमाथि परेको उजुरीको र उनीहरूले दिएको प्रस्तुतीकरणबारे छलफलपश्चात् समितिको बिहीबार बसेको बैठकले उनीहरूको नाम अनुमोदन गरेको सभापति कार्कीले जानकारी दिए।
प्रस्तावित राजदूतहरूले समितिको बैठकमा आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताएका थिए।
सांसदहरूले राजदूतहरूले नियुक्त भएको देशमा पुगेपछि विश्राम स्थलको रूपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए। राजदूत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरूको हक हित सुनिश्चित गर्न जोड दिन आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
