अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्न समस्या नहुने बताएका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्न समस्या नहुने बताएका छन्।
बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा अर्थमन्त्री डा. महतले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिएर इमानदारीपूर्वक काम गरे लक्ष्य भेट्न समस्या नहुने बताएका हुन्।
मन्त्री डा. महले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको, त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए। तर, बजारमा प्रशस्त माल वस्तु रहेको र राजस्व घटिरहेको अवस्थामा प्रश्न उठ्ने उनको भनाइ थियो।
“हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दियौँ भने राजस्व कम उठ्छ,” उनले भने।
उनले अनावश्यक झन्झट दिँदा भने व्यवसायीहरूले जोखिम मोलेर अन्य बाटो रोज्ने भन्दै उनले कर्मचारीलाई सचेत गराए। “जायज कुरालाई नजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रूपमा व्यवसायीले अर्को बाटो रोज्छन्,” मन्त्री डा. महतले भने, “राजस्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुन्छ। भन्सार नाकाभन्दा बाहिरबाट माल वस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
