पूर्वसभामुख दमननाथ ढुंगानाले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
काठमाडौँ– पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालबाट राजतन्त्र विस्थापित भए पनि जनसंस्था स्थापित हुन नसकेको बताएका हुन्।
उनले नेपालमा केवल राजसंस्था विस्थापित भएको गणतन्त्र मात्र भएको बताए। “राजसंस्था विस्थापित भएको गणतन्त्र छ हामीकहाँ। तर जनसंस्था स्थापित भएको गणतन्त्र छैन,” उनले भने।
उनले गणतन्त्रमा जनताको हित हुनुपर्ने भए पनि जनसंस्था र जनप्रतिनिधिहरू व्यापारीभन्दा बढी मुनाफाखोर भएको टिप्पणी गरे। अहिले अनुचित लाभ लिनका लागि राजनीति गरिरहेका उनको भनाइ छ।
“जनताको संस्थाले जनतालाई चलाएर, जनताको हित भइरहेको भन्ने हुनुपर्छ। तर यहाँ त जनप्रतिनिधिहरू र जनसंस्थाहरू व्यापारीभन्दा पनि मुनाफाखोर अनुचित लाभ लिन राजनीति गरेका छन्,” उनले भने।
उनले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालीन अवस्थामा गुज्रिरहेको उल्लेख गरे। गणतन्त्रमा नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण जस्ता घटनाहरू हुनु नहुने उनको भनाइ थियो। यी दुई प्रकरणलाई देखाउँदै उनले जनसंस्था र जनताको शासन यस्तो हुन्छ? भन्ने प्रश्नसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
