राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्।
उनले आगामी दिनमा नेपाली क्रिकेटले राम्रो प्रदर्शन गर्ने आधार तय भएको सुनाए। उनले नेपाली टिमले राम्रो गरोस् भन्ने लागेर नै संन्यास रोजेको पनि बताए। “आउँदो दिनमा क्रिकेटले अझै राम्रो गर्न सक्छ, यो टिमले राम्रो गर्न सक्छ भन्ने लागेपछि संन्यास रोजेको हुँ,” उनले भने।
उनले १८ वर्ष नेपाली टिममा खेलेको स्मरण गर्दै उनले भने “राष्ट्रिय टोलीबाट खेलेपछि १०० प्रतिशत ‘कन्ट्रिबुट’ गर्न सक्दिन भन्ने लागेपछि संन्यास लिएको हु। फिट छु, खेल्न सक्छु र १०० प्रतिशत दिन सक्छु भन्ने लागेको भए बसिरहनुको औचित्य हुन्थ्यो।”
उनी टिम राम्रो र सन्तुलनमा रहेको समयमा संन्यास लिँदा सही लागेर संन्यास लिएको बताउँछन्। उनले लिग अगाडि नै प्रशिक्षकसँग छलफल गरिरहेको तर ‘गुड बाई’ भन्न नसकेको पनि सुनाए। “लिग अगाडिसम्म प्रशिक्षकसँग छलफल नै गरिरहेका थियौँ। टुर जाने नजानेबारेमा छलफल गरिरहेका थियौँ। तर गुड बाई भन्न सकेको थिइनँ।”
सन् २००५ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका ज्ञानेन्द्रले त्यही वर्ष यू–१७, यू–१९ बाट खेल्ने अवसर पाए। उनले सन् २००६ इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेका ज्ञानेन्द्रले १८ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेले। उनी १० वर्षसम्म नेपाली क्रिकेटको उपकप्तानका रूपमा रहे।
उनी केही समय कप्तानका रूपमा पनि रहे। २०१९ नोभेम्बरमा पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टोलीको कप्तान बनेका थिए। त्यति बैले नेपाल क्रिकेट संघ क्यानबाट अनुशासनको कारबाहीमा परी उनले कप्तान पद गुमाएका थिए। ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाबारे आवाज उठाउने समूहको नेतृत्व गर्दा कारबाहीमा परेका थिए।
ज्ञानेन्द्रले नेपालका लागि ३७ एक दिवसीय र ४५ टी-२० आई क्रिकेट खेलेका छन्। ७७ लिस्ट ‘ए’ क्रिकेट खलेका उनले १ हजार ८०२ रन बनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
