राज्य व्यवस्था तथा सुशासन समिति सभापति चित्रबहादुर केसीले कुनै पार्टी तथा व्यक्ति विशेष मात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको टिप्पणी गरेका छन्।
काठमाडौँ– राष्ट्रिय जनमोर्चाको अध्यक्ष तथा राज्य व्यवस्था तथा सुशासन समितिको ज्येष्ठ सदस्य सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताएका हुन्।
उनले कुनै पार्टी र व्यक्ति विशेष मात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताए। “अहिलेको नेपालको स्थिति धेरै गम्भीर छ। यो राज्यसत्ता नै लुटपाटमा, भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ के? कसलाई थाहा छैन? यहाँ कुनचाहिँ पार्टी हो? कुनचाहिँ व्यक्ति हो? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई। तैपनि हामीले हरेस खानेकुरा भएन,” उनले भने।
उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको बताए। उनले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै उनले यसको दोष सबैले लिनुपर्ने बताए। बैठक बस्नका लागि आफूले समिति सदस्यहरूसँग छलफल गर्दा अजेन्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उनले जानकारी गराए।
उनले आफू अनुपस्थित भए पनि समसामयिक विषयमा छलफल चलाउन बैठक निरन्तर चल्नुपर्ने औँल्याए। “यो लोकतन्त्र छ र हामीले कमसेकम जनताको बीचमा समसामयिक विषयमा कुरा गरिराखेका छौँ। यो बैठकलाई निरन्तरता दिनुपर्छ। म केही गरी अनुपस्थित भए पनि खुर्सानीबिना भान्सा अड्कन्न भन्छन् नि। त्यसकारण माननीयज्यूहरूले पहल गरेर यो बैठकलाई चलाउनुपर्छ,” उनले भने।
उनले शुक्रबारको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भए पनि नेकपामाओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराइएको उल्लेख गरे। उनले मुलुकको तस्वीर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भीर रूपले अगाडि जानुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
