मनोज लावती नामका कैदीबन्दीलाई सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
झापा– झापा कारागारको हुलदंगा नियन्त्रणमा आइसकेको छ। शुक्रबार दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुंगामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुंगामुढा शुरू गरेका थिए। कारागारभित्र उनीहरूले आगजनी गर्दा धुवाँको मुस्लो फैलिएको थियो।
प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै नियन्त्रण भएको बताए। “अहिले स्थिति नियन्त्रणमा आइसकेको छ”, उनले भने, “कैदीलाई सरुवा गर्न लाग्दा भित्रबाट हुलदंगा गरेको पाइयो।”
आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए। असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुंगामुढा गरेका कारण एक घण्टासम्म प्रहरी समेत भित्र जान पाएका थिएनन्।
प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए। कैदीबन्दीले हुलदंगा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ। उनीभित्र गएपछि कैदीबन्दीले ढुंगामुढा बन्द गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
