लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम मर्दा र रोपाइँ प्रभावित हुँदासमेत यसको नियन्त्रणमा कसैको ध्यान नपुगेको किसानको गुनासो छ।
खोटाङ– देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा ७३६ वटा गाईरगोरु मरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढीमा ५५, हलेसी तुवाचुङमा २६, खोटेहाङमा ४०, दिप्रुङ चुइचुम्मामा २७२, केपिलासगढीमा ४५, ऐसेलुखर्कमा ५२, बराहपोखरीमा ७६, जन्तेढुंगामा २१, रावाबेँसीमा ८४ र साकेलामा ६५ पशुचौपाया लम्पी स्किन रोगले मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ।
केन्द्रको सम्पर्क कार्यालय खोटाङका अनुसार अरू ४३१ गाई/गोरुमा रोगको प्रकोप देखिएको छ। पछिल्लो समय भैँसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको कार्यालयका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिए।
यादवका अनुसार पशुमा १०५ डिग्रीसम्म ज्वरो आउनु, शरीरको विभिन्न ठाउँमा फोका आउनु, मुखबाट र्याल काढ्नु, सिगाँन बग्नु, दुईरचार दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुन्निनु, घाँटी सुन्निनु लम्पी स्किन रोगका लक्षण हुन्।
गाई/गोरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा कसैको ध्यान नपुगेको किसानको आरोप छ। लम्पी स्किन रोगका कारण कतिपय कृषकको गोठ नै रित्तिएको पाइएको छ। लम्पी स्किन रोगविरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत असार २४ गते प्रत्येक स्थानीय तहलाई एक लाखका दरले बजेट उपलब्ध गराएको थियो।
लम्पी स्किन रोगका कारण खोटाङमा रोपाइँसमेत प्रभावित भएको किसानले बताएका छन्। गोरु बिरामी भएपछि रोपाइँ गर्न नपाएको साकेलाका किसान हर्क राईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
