केदारनाथमार्गस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा जुम्लाको पातारासी गाउँपालिका वडा नं २ र ३ घर भएका ११ जना परेका हुन्।
काठमाडौँ– भारत उत्तराखण्डमा पहिरोले पुरिएर जुम्लामा ११ जना बेपत्ता भएका छन्।
केदारनाथमार्गस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा जुम्लाको पातारासी गाउँपालिका वडा नं २ र ३ घर भएका नेपाली परेका हुन्।
रोजगारीका लागि भारत गएका उनीहरू पहिरोमा परेर बेपत्ता भएको जुम्ला प्रहरीका प्रवक्ता याम बुढाले जानकारी दिए।
“पहिरोमा ११ जना परेको पुष्टि भएको छ। त्यसले अमर बोहराको परिवार नै (अमर, श्रीमती, २ छोरी र २ छोरा) पहिरोले बगाएको खबर छ,” उनले भने, “दूतावासबाट थप विवरण बुझ्ने क्रममा छौँ।” वडा नं का उनको परिवार गौरीकुण्डमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त पहिरोमा कालिकोटका पाँच जनासमेत बेपत्ता भएका छन्। तर, यस विषयमा हालसम्म सूचना प्राप्त नभएको कालिकोट प्रहरीका प्रवक्ता सुभराज बमले बताए।
पहिरोले उनीहरू बसेको होटेल नै बगाएको द इन्डियन एक्सप्रेसले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
