जोगिन्दरले २०६१ सालदेखि निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याइरहेका छन्। मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय भ्रष्टाचारलाई व्यंग्य गरिएको छ।
काठमाडौँ– चर्चित हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर)ले २१औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन्।
हास्य कलाकारले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले भने २०६१ सालदेखि निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याइरहेका छन्।
“मेरो कलाकारिता यात्रामा गाईजात्राको ठूलो भूमिका छ। यसका लागि तयार गरिने सामग्री र प्रहसनले मलाई अगाडि बढाएको थियो। मैले हरेक वर्ष आफ्नो प्रहसन र प्यारोडी गीतसहितको प्रस्तुति ल्याउने गरेको छु,” रिजालले भने, “पहिले क्यासेटमा आउने सामग्री भीसीडी हुँदै अहिले युट्युबमा आउने गरेको छ।”
मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई व्यंग्य गरिएको उनले बताए। प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन्।
घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सिना ‘नक्कली ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्कीलगायतले अभिनय गरेका छन्।
गाईजात्राको कोसेलीमार्फत व्यंग्य गरेर चेतना बढाउने काम गरिएको रिजाल बताउँछन्।
“जनताको मत पाएर चुनिनुभएका प्रतिनिधि र कर्मचारीले गरिरहनुभएको गलत कार्यलाई व्यंग्य गरेको छु। यसले उहाँहरूलाई पनि आफ्नो गल्ती बुझ्न मद्दत गर्छ भन्ने हो। साथै, मनोरञ्जन यसमा भरपुर छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
