पारो र मछिन्द्रबीचको खेल साउन २३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। उक्त खेल जित्ने टिमले साउन ३१ गते मोहन बगान सुपर जायन्टको सामना गर्नेछ।
काठमाडौँ– एएफसी कपको प्रारम्भिक छनोट खेल्न भुटानको पारो एफसीको टोली काठमाडौँ आइपुगेको छ।
छनोटको प्लेअफ चरणअन्तर्गत पहिलो खेलमा पारोले नेपालको मछिन्द्र एफसीसँग खेल्नेछ। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। पारो भुटानको लिग च्याम्पियन हो। मछिन्द्रले भने लिग च्याम्पियन भएर प्रतियोगिता खेल्न लागेको होइन।
डेब्यु सिजनमा चर्च ब्वाइज क्लब लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा दोस्रो स्थानको मछिन्द्रले अवसर पाएको हो। त्यससँगै मछिन्द्रले लगातार दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको खेल खेल्ने भएको हो। उक्त खेल जित्ने टिमले साउन ३१ गते मोहन बगान सुपर जायन्टको सामना गर्नेछ।
यता, मछिन्द्र पनि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। उसले प्रारम्भिक चरण खेल्नका लागि आठ नयाँ खेलाडी भित्र्याएको छ। मछिन्द्रका म्यानेजर अनिल श्रेष्ठका अनुसार चर्च ब्वाइजबाट आशिष चौधरी, संकटाका आयुश घलान, चर्च ब्वाइजका एरिक विष्ट, थ्रीस्टारका लाकेन लिम्बू, एफसी खुमलटारका मेसुके ओलोमाउ, एपीएफका सनिश श्रेष्ठ, खुमलटारका रेजिन सुब्बा र रोहित सुब्बा भित्र्याएको हो।
मछिन्द्रले एएफसी कपमा दोस्रोपटक सहभागिता जनाउन लागेको हो। गत वर्ष मछिन्द्रले ‘ए’ डिभिजन लिगको उपाधि जित्दै प्रतियोगितामा सहभागिता जनाएको थियो।
गत वर्ष दशरथ रंगशालामा नै भएको खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–० गोलअन्तरले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
