नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन शेर्पाले साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए।
काठमाडौँ– तीन महिनामा १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन शेर्पाले साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए। आरोहण सकेर नेपाल फर्कने क्रममा उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गरिन्।
पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघलगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीको विमानस्थलमा उपस्थित थियो। कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरिएको संघका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए।
पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर)को हरिला र शेर्पाले साउन ११ गते बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानाएको छ।
उक्त हिमालको सफल आरोहणसँगै क्रिस्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तीन महिनामा सफल आरोहण गरी कीर्तिमान बनाएको कम्पनीको भनाइ छ। उनीहरूले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए। यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए।
हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए। हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन्।
हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपांमा, नंगा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
