पुलिस क्लबले एन्फा यू–१६ युथ फुटबल लिगमा आर्मीमाथि ६–१ को रबाफिलो जित निकालेको छ।
काठमाडौँ– नेपाल पुलिस क्लबले जारी एन्फा यू–१६ युथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रबाफिलो जित निकालेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरस्थित च्यासल स्टेडियममा शनिवार पुलिसले विभागीय डर्बीमा रबाफिलो जित आत्मसाथ गरेको हो । पुलिसको जितमा सुवास बम र नवीन ओलीले दुई गोल तथा निश्चल मगर र लक्ष्मण थामीले समान एक गोल गरे।
खेलको १८ औँ मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। तर, ३४औँ मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलमा फर्काए। तर, दोस्रो हाफमा भने पुलिसले गोलको वर्षा गर्दै पाँच गोल गर्यो।
५२ औँ मिनेटमा लक्ष्मण थामीले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटमा नै नवीन ओलीले पुलिसको तेस्रो गोल थपे । अन्तिम १० मिनेटमा पुलिसले तीन गोल थपेपछि रबाफिलो जित निकाल्यो।
सुवासले ८१औँ मिनेट र ९०औँ मिनेटमा गोल गरेका थिए। खेलको इन्जुरी समयमा निश्चल मगरले गोल थप्दा पुलिस विभागीय टोलीमाथि पूर्ण हाबी भयो।
शनिबार भएको तेस्रो खेलमा एपीएफ र चर्च ब्वाइज क्लबले १–१ को बराबरीमा खेले। एपीएफले अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले एक अंक प्राप्त गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको अर्को खेलमा संकटा क्लबले पनि एफसी खुमलटारमाथि ५–१ को फराकिलो जित निकाल्यो।
कुल १० टोली सहभागी युथ लिग आगामी ६ महिनासम्म चल्नेछ। लिगमा मनाङ मर्स्याङ्दी र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपीएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मछिन्द्र एफसीले प्रतिस्पर्धा गर्दै छन्।
लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा भइरहेका छन्। उक्त खेलहरू शनिवार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
