प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डमा पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डमा पहिरोमा परी नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा सन्देश पोस्ट गर्दै भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका हुन्।
उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको पनि जानकारी गराएका छन्।
“गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु। यस दुखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु,” सन्देशमा भनिएको छ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको छ। बेपत्ताको खोजी जारी छ।
गौरीकुण्ड क्षेत्रमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ। घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रूपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गर्दै आएको दूतावासले जनाएको छ।
त्यस्तै, प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। टेलिफोन संवादमा नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भएका समझदारीहरूको कार्यान्वयनको प्रगतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले ट्विटरमार्फत जानकारी दिएको छ।
सम्माननीय प्रधानमन्त्री ज्यु गत बिहीबार राति भारतको उत्तराखण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत हुनुभएको छ । उहाँले यस दुखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।
— PMO Nepal (@PM_nepal_) August 5, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
