काठमाडौँको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु, आमा घाइते

अविरल वर्षासँगै शनिबार राति ९ बजेतिर गएको पहिरोले स्थानीय गणेश तामाङको घर पुरेको थियो। 

फाइल तस्वीर

काठमाडौँ– तारकेश्वर नगरपालिकामा पहिरोले घर पर्दा बाबुछोरीको मृत्यु भएको छ।

पहिरोले पुर्दा वडा नं ३ कृष्णमन्दिर छेउका गणेश तामाङ र उनकी छोरी आसमाको मृत्यु भएको नगर उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले बताइन्।

उनका अनुसार पहिरोमा परेर आमा सन्जु तामाङ घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

अविरल वर्षासँगै शनिबार राति ९ बजेतिर गएको पहिरोले तामाङको घर पुरेको थियो।