बुंमती क्षेत्रमा सञ्चालित इँटाभट्टामा करिब दुई हजार बढीले रोजगार पाएका छन्। तर, यहाँ उत्पादित इँटा बिक्री नहुँदा उद्योग नै बन्द हुने अवस्था पुगेका छन्।
ललितपुर– बुंमती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन्। ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना बन्द हुन्छन्।
अहिले वर्षात्का कारण बुंमती क्षेत्रका सबै इँटा उद्योग बन्द छन्। तर, तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन। बुङमती ट्रायल उद्योगद्वारा सञ्चालित युके इँटाभट्टाका व्यवस्थापक अजय बुढाथोकीका अनुसार तीन वर्षदेखिको ५० लाख बढी इँटा बिक्री नभएर मौज्दात छ।
कोभिडभन्दा पहिले दिनमा ५० गाडी इँटा बिक्री हुन्थ्यो भने अहिले दिनमा एकदेखि आठ गाडीमात्र बल्लबल्ल बिक्री हुने गरेको छ। करोडौँ रकम खर्च गरेर उत्पादन गरेको इँटा बिक्री नभएर मौज्दात रहेपछि हिउँदमा उद्योग सञ्चालन गर्ने/नगर्ने भन्ने विषयमा सञ्चालक दोधारमा छन्।
बन्द भएको उद्योग कात्तिकमा सञ्चालनमा ल्याउने हो भने २५० कामदारका लागि करिब एक करोड रुपैयाँ पेस्की अग्रिम दिनुपर्ने हुन्छ। यदि अहिले नै कामदार खोज्ने ठेकेदारलाई पेस्की दिएन भने पछि कामदार पाउन समस्या हुने जनाइएको छ ।
इँटा बिक्री नहुँदा पेस्की पनि दिन नसकेको व्यवस्थापक बुढाथोकीले बताए। “देशमा आर्थिक मन्दीका कारण मान्छेले घर निर्माण गरेका छैनन्। घर कम बनाएपछि त इँटा बिक्री हुने कुरै भएन। घाटामा उद्योग चलाउने कुरा भएन। सकभर आउने वर्षदेखि उद्योग बन्द हुन्छ होला।”
त्यसैगरी अर्को क्यापिटल ब्रिक इन्डस्ट्रिजद्वारा सञ्चालित उद्योगको पनि २० लाख इँटा बिक्री नभएर मौज्दात छ। बिक्री नभएर यति धेरै इँटा मौज्दात रहेको क्यापिटलको पहिलो अनुभव हो। वर्खामा बन्द भएको इँटा उद्योग हिउँदमा कसरी सञ्चालन गर्ने विषयमा चिन्ता छ।
क्यापिटल ब्रिक इन्डस्ट्रिजका व्यवस्थापक हरिचन्द्र बिडारीका अनुसार ५० रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ। जग्गाको भाडामात्र वार्षिक २० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ। “करोडौँ खर्च गरेर भट्टा सञ्चालन गरेर इँटा उत्पादन गरे पनि बिक्री नहुँदा अब उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ता छ,” उनले भने।
व्यवस्थापक बिडारीका अनुसार हाल ढुवानीसहित एक केजी कोइलालाई ५० रुपैयाँ पर्छ। छ लाख इँटा तयार गर्नका लागि २५ टन कोइला प्रयोग गर्नुपर्ने हुन्छ। “कोइलाको महँगी र कामदारको ज्यालालगायत सबै जोड्दा इँटा उद्योग सञ्चालन गर्न जटिल र खर्चिलो छ,” उनी भन्छन्, “उत्पादन भएको इँटा बिक्री भए त ठिकै हुन्थ्यो तर इँटा नै बिक्री हुँदैन।”
बुंमती क्षेत्रमा सञ्चालित इँटाभट्टामा ‘सिजन’अनुसार करिब दुई हजार बढीले रोजगार पाएका छन्। उद्योग बन्द भएकाले सबै कामदार घर फर्केका छन्। आर्थिक अभावका कारण उद्योग बन्द भएमा सयौँले रोजगार गुमाउने बिडारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
