ललितपुर किकबक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङ्गाउँमा सञ्चालन हुनेछ।
काठमाडौँ– पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो साता हुने भएको छ।
ललितपुर किकबक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता भदौ २१ देखि शुरू हुने भएको हो।
खेल गोदावरी नगरपालिका ११ प्याङ्गाउँस्थित खेल मैदानमा सञ्चालन हुने छ। प्रतियोगितामा नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी, कराँते, तेक्वान्दो, उसु, बक्सिङ, मुआई थाई, किकबक्सिङ, फुल कन्ट्याक्ट कराँते, आईटीएफ र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने छ।
पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने संघले जनाएको छ। यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
प्रथम टिम च्याम्पियनले एक लाख र दोस्रोले ५० हजार र तृतीयले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीले समान एक लाख २५ हजार रुपैयाँ पाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
