नेकपा एकीकृत समाजवादीका नेताहरूले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेताहरूले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसद्को गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
संसद्को भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको आइतबार पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
“सांसदलाई संसद् जस्तो गरिमामय बनाउने हिसाबले विषयवस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्यो त? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन्,” उपमहासचिव तुलाधरले भने, ”त्यसैले संसद्को गतिरोध यो जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर गतिरोध उत्पन्न गरिएको छ।”
एकीकृत समाजवादीका नेताहरूले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि आलोचना गरेका थिए। संसद् बैठक नै बस्न नसक्ने अवस्था सिर्जना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरूले राखेको उनले बताए।
“सदनको एक मिनेटको बिजनेस भनेको पनि असाध्य महत्त्वपूर्ण कुरा हुन्छ। अब त्योचाहिँ प्रतिपक्षले जे गरिरहेको छ। त्योचाहिँ बेठिक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन्,” उनले भने।
शनिबारबाट शुरू भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।
एकीकृत समाजवादीले पार्टीको आसन्न १० औँ महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यस अघि पार्टीको सचिवालय बैठक बोलाएको थियो। उपमहासचिव तुलाधरका अनुसार अब भदौ पहिलो साता बस्ने पोलिटब्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
