आइतबारको कारोबारपछि नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा सीमित भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आइतबारको कारोबारपछि नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा कायम भएको छ।
विभिन्न २६५ कम्पनीका ८० लाख सात हजार ३६१ कित्ता शेयर ६१ हजार ९१७ पटक खरिदबिक्री हुँदा दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ मूल्यमा कारोबार भएको छ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २३७.९६ र निर्जीवन बीमा समूहको उपसूचक २२२.६० अंकले घटेको छ। बैंकिङ समूह २२.३४, विकास बैंक ९७.५१, वित्त ६२.२७, होटल तथा पर्यटन २०१.३८ र जलविद्युत् समूह ४४.४९ अंकले घटेको छ।
त्यस्तै, लगानी समूह ०.८७, उत्पादन तथा प्रशोधन ८४.०१, लघुवित्त ६१.८२, म्युचुअल फन्ड ०.१५ व्यापार ६८.२७ र अन्य समूह १७.०७ अंकले घटेको छ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको १२ करोड ६९ लाख ८२ हजार ३०३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख ४९ हजार ७६१ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
