१०० किलो सुन तस्करी प्रकरण अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीलाई, राजस्व अनुसन्धान विभागले बुझायाे सबै विवरण
विभागले अहिलेसम्मको अनुसन्धान लगायतका सबै विवरणसहित अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको छ।
काठमाडौँ- त्रिभुवन विमानस्थलबाट जाँच पास गरी बाहिरिएको १०० किलो सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिइएको छ।
१०० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको हो। विभागले अहिलेसम्मको अनुसन्धान लगायतका सबै विवरणसहित अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको छ।
विभागका महानिर्देशक नवराज ढुंगानाले अब यो प्रकरणको सबै अनुसन्धान सीआईबीले गर्ने गरी अनुसन्धान फाइल जिम्मा लगाइएको उकालोलाई जानकारी दिए। यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये एक जनालाई जिम्मा जमानीमा छोडिएको थियो। बाँकी १७ जनालाई पनि सीआईबीको जिम्मा लगाइएको उनले बताए। अन्तर्देशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको उनले जानकारी दिए।
“सम्पूर्ण पक्राउ परेका व्यक्ति , सामान र अन्य सामाग्री प्रहरी लाई हस्तान्तरण गर्न लागेका हौँ। अन्य कानून पनि आकर्षित हुने र टुंगोमा पुर्याउन प्रहरीलाई दिन लागिएको हो। अहिलेसम्म पक्राउ परेकामा तीन जना विदेशी छन्,” उनले भने।

गत साउन २ गते भन्सार जाँच पास भएर बाहिरिएको १०० किलो सुन बरामद गरेर राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो। राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको १८ दिनपछि सीआईबीले अनुसन्धान गर्ने जिम्मेवारी पाएको हो।
गत बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर, महान्यायाधिवक्ता दिनमणि पोखरेल, सीआईबी प्रमुख किरण बज्राचार्य र विभागका महानिर्देशक ढुंगानासँग छलफल गरेका थिए। छलफलले सुन प्रकरण अनुसन्धानको जिम्मा सीआईबीलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।
१०० किलो सुन तस्करी संगठित रूपमा नै भएकाले यो प्रकरणको अनुसन्धान प्रहरीलाई दिनुपर्ने माग भइरहेको थियो। प्रहरी नेतृत्वले पनि पटक–पटक यो प्रकरणमा अनुसन्धानको जिम्मेवारी नदिइएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षणसमेत गरिरहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
