मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भविष्यमा पछुतो नहुने गरी मतदान गर्न आह्वान गरेका छन्। उनले उपयुक्त उम्मेदवार छनोटमा जोड दिए।
काठमाडौँ- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदातालाई आह्वान गरेका छन्।
बुधबार नेपाल–चाइना फ्रेन्डसिप फोरमले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठिक ढंगले अगाडि बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन्।
उनले मतदाताहरूलाई दूरदृष्टि राखेर सुखद भविष्यको सपना साकार पार्ने उपयुक्त उम्मेदवार छनोट गर्न आग्रह गरे। उनले निर्वाचनपछि पछुताउनुभन्दा निर्वाचनपूर्व नै विचार पुर्याउनुपर्ने बताउँदै भने, “विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठिक तवरले अगाडि बढाउनसक्ने उम्मेदवारको पहिचान गरेर र दूरदृष्टि राखी सुखद भविष्यको सपना साकार पार्ने उपयुक्त उम्मेदवार छनोट गर्न सम्पूर्ण मतदाताहरूलाई म आह्वान गर्न चाहन्छु।”
उपयुक्त उम्मेदवार नचुन्दा पछि पछुताउनुपर्ने उल्लेख गर्दै उनले निर्वाचन जनताको गहन जिम्मेवारी भएको बताए।
त्यस्तै, पूर्वअध्यक्ष रेग्मीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए। “निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने हुन्छ”, उनले भने।
पूर्वअध्यक्ष रेग्मीले अर्को एक प्रसंगमा नेपालमा एकै क्षेत्रमा केन्द्रित भएर विकास निर्माणको काम गर्नुपर्ने बताए। विकासका विभिन्न काममा हात हाल्दा काम सम्पन्न हुन नसकेको र लगानी खेर गइरहेको बताउँदै उनले कृषि क्षेत्रको विकासका लागि किसानलाई तालिम दिनुपर्नेमा जोड दिए।
उनले व्यक्तिलाई स्वरोजगार बनाउन प्राविधिक तथा सिपमूलक तालिम दिनुपर्ने धारणा व्यक्त गरे। “हामी कृषि विकास भनिरहन्छौँ तर कृषिको सही ढंगको किसानलाई प्रवर्द्धन गर्ने, किसानलाई समेत सामान्य प्रकृतिको तालिम दिनुपर्छ", उनले भने, "मैले अस्तिको रिजल्टमा सुनेँ- १२ कक्षामा ५२ प्रतिशत विद्यार्थीहरू माथिल्लो कक्षामा पढ्न अवसर नपाउने भए। तिनले के गर्ने भन्दाखेरि आफैँ स्वरोजगार बन्ने खालको तालिम दिनुपर्छ।”
उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आपसमा आशंका हुननहुने बताए। आपसमा शंका आउन नदिन राज्य पक्षले प्रयत्न गरिरहेको र समाजले पनि सो कुरालाई अंगीकार गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
