माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विधि, पद्धतिभन्दा बाहिर नजाने दाबी गर्दै सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्ने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र पार्टी एकढिक्का र भावनात्मक रूपले एकजुट भएको दाबी गरेका छन्। आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य राख्दै अध्यक्ष दाहालले यस केन्द्रीय कमिटी बैठकपछि पार्टी एकढिक्का भएको बताए।
उनले नेताहरू भावनात्मक रूपले पनि एकजुट भएको भन्दै माओवादी केन्द्र पुनः जाग्ने बताए। पार्टीले देशको नेतृत्व लिने गरी अगाडि बढ्ने उनको भनाइ थियो। उनले पार्टी विधि, पद्धतिभन्दा बाहिर नजाने, सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्ने बताए। “हामी भावनात्मक रूपले पनि एकजुट भएका छौँ र अब माओवादी केन्द्र फेरि जाग्नेछ। माओवादीले देशको नेतृत्व लिने गरी फेरि अगाडि बढ्ने छ,” उनले भने।
अध्यक्ष दाहालले पार्टीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ ३ महिना सञ्चालन गर्ने जानकारी दिए। आफू पनि सो अभियानअन्तर्गत ७ प्रदेशको ७ वटा वडामा पुग्ने उनको भनाइ थियो। उनले अभियानका क्रममा माओवादी केन्द्रका शुभचिन्तकको मात्रै नभई सबै नेपाली जनताको घर–घरमा नेता–कार्यकर्ताहरू पुग्ने बताए। उनले गाउँ–गाउँका एउटा पनि घर नबिराई जनताको घरमा पुग्न र जनताको कुरा सुन्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरे।
“खाली माओवादी केन्द्रका समर्थक, शुभचिन्तकको मात्रै होइन, कुनै पनि राजनीतिक आस्थासँग सम्बन्धित भए पनि सुशासन, सामाजिक न्याय र समृद्धिमा हामीले लिँदै गरेको पहलको बारेमा, जनतालाई हामीले आउने दिनमा कसरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, सामाजिक न्याय र समृद्धिलाई अगाडि बढाउने हाम्रा योजनाहरू राख्ने, जनताका गुनासा, आलोचनाहरू सुन्ने, शहीद, बेपत्ता, घाइते परिवारसँग भेट्ने। एउटा घर पनि नछोड्ने। नेपाल राज्यभित्र भएका प्रत्येक घर, परिवार सँग सम्बन्ध गर्ने गरी तिन महिने अभियान चलाएर हामी विधान सम्मेलनमा आइपुग्ने निष्कर्षमा पुगेका छौँ,” उनले भने।
उनले तीन महिने विशेष अभियानपछि पार्टीको विधान अधिवेशन गर्ने पनि जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
