पाकिस्तानको कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेसननजिकै दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ।
पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २८ जनाको ज्यान गएको छ। पाकिस्तानका रेलमन्त्री ख्वाजा साद रफिकले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या २८ जना पुगेको पुष्टि गरेका हुन्।
कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेसन नजिकै पटरीबाट खस्दा उक्त हताहती भएको उनले बताए।
दुर्घटना परी ५२ यात्रु घाइते भएका संघार जिल्ला स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। मृतकमा महिला र बालबालिका समेत रहेको उनको भनाइ छ।
घटनास्थलबाट केही क्षतविक्षत अवस्थामा रहेका शव निकालिएको बताउँदै उनले भने, “शवहरू नवाबशाहको पीएमसी अस्पतालमा सारिएको छ।”
दुर्घटनापछि धेरैको शव बाहिर निकालिएको तर अझै धेरै घाइतेहरू फसेकाले उनीहरूको उद्धारको प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनाग्रस्त रेलका आठ डिब्बा पटरीबाट खसेका रेलवेका अधिकारी मोहसिन सियालले बताएका छन्। प्रान्तीय रेलवे अधिकारी इजाज शाहले यात्रीलाई गन्तव्यसम्म पुर्याउन अर्को रेल पठाइएको छ।
सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुईवटा रेल एक आपसमा ठोक्किँदा ६५ जनाले ज्यान गुमाएका थिए भने १५० जना घाइते भएका थिए। त्यस्तै, सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ यात्रुको ज्यान गएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
