नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको छ। अभियान सञ्चालनका क्रममा सात प्रदेशका सात वडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल आफैँ सहभागी हुने भएका छन्।
काठमाडौँ– ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक समापन भएको छ। काठमाडौँस्थित प्रज्ञा भवनमा पाँच दिनदेखि चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको हो।
बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले अभियान भदौ १६ गतेदेखि शुरू भई तीन महिनासम्म चल्ने बताए।
अभियानका क्रममा पार्टीको नेता तथा कार्यकर्ता जनताको घरदैलोमा जाने र पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय कमिटी बैठकको मर्मलाई जनतासमक्ष सम्प्रेषण गर्ने उनको भनाइ छ। माओवादीले अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात वटा वडामा जाने र सबै पदाधिकारीले कम्तिमा एउटा वडा जिम्मा लिने निर्णय गरेको छ।
“अभियानका लागि दस्ताबेज तयार गरेका छौँ। त्यो एउटा बुकलेटमा तयार गरेर अभियानमा लागिन्छ। अभियानमा अध्यक्ष सात प्रदेशको सात वडामा जानुहुन्छ। सबै पदाधिकारीहरूले कम्तिमा एउटा वडा लिने हामीले सोचेका छौँ,” उनले भने।
त्यसैगरी, बैठकले नेताहरूको कार्यविभाजन पनि गरेको छ। प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले सरकारको काम हेर्ने निर्णय भएको छ। गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारको कामको साथै प्रवास प्रदेशको पनि जिम्मेवारी दिइएको उपाध्यक्ष महराले जानकारी दिए।
त्यसैगरी, उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चा र पार्टी एकता, अग्नि प्रसाद सापकोटालाई प्रचार विभाग तथा प्रवक्ताको जिम्मेवारी दिइएको छ। जनवर्गीय संगठनको इन्चार्ज पम्फा भुसाललाई दिइएको छ। जनवर्गीय संगठनमध्ये शिक्षक, कर्मचारी, प्राध्यापक र सांस्कृतिक क्षेत्रको इन्चार्ज भने दीनानाथ शर्मालाई दिइएको छ।
बैठकले सबै प्रदेशहरूमा इन्चार्ज तोकेको छ। जसअनुसार कोशी प्रदेशमा चन्द्रप्रकाश खनाल (बलदेव), मधेश प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा जर्नादन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव, सुदूरपश्चिममा डिलाराम आचार्यलाई जिम्मेवारी दिइएको छ।
त्यस्तैगरी, प्रवासमा नारायणकाजी श्रेष्ठ र पार्थ क्षेत्री, विशेष प्रदेशमा वर्षमान पुन र सम्पर्क समन्वय प्रदेशमा पार्थ क्षेत्रीलाई जिम्मेवारी दिइएको उपाध्यक्ष महराको भनाइ छ। बैठकले २५ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
