अहिले बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालतिर सरेका कारण सोमबारदेखि तुलनतात्मक रूपमा बढी पानी पर्नेछ।
काठमाडौँ- मनसुनको न्यूनचापीय रेखा नेपालतिर सरेका कारण सोमबारदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा बिहानदेखि बादल लागेको छ र फाट्टफुट्ट वर्षा पनि भइरहेको छ।
सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावनासमेत छ।
सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। यी देशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना पनि छ। कोशी प्रदेशका थोरै स्थानमा हावा हुरीको पनि सम्भावना छ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले सजग रहन महाशाखाले अनुरोध गरेको छ। खासगरी जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
