रकम भुक्तानी माग गर्दै निर्माण व्यवसायीहरूले बिजुलीबजारदेखि बानेश्वरसम्म सिठी जुलस प्रदर्शन गरेको छ। केही दिनदेखि व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन्।
काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले रकम भुक्तानी माग गर्दै सोमबार सिठी जुलुस प्रदर्शन गरेका छन्।
व्यवसायीहरूले महासंघको कार्यालय बिजुलीबजारदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरू सेफ्टी हेल्मेट र प्ला-कार्ड बोकेर प्रदर्शनमा सहभागी भएका थिए।
सरकारले असार मसान्त समाप्त भइसक्दा पनि सम्झौताअनुसार रकम नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा छन्। ठूलो रकम भुक्तान नगरिएको र व्यवसायीलाई मर्का पर्ने गरी म्याद थप सम्बन्धी निर्णय भएको भन्दै विरोध गरिरहेका छन्।
यसअघि साउन १६ गते उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण व्यवसायका उपकरणसहित प्रदर्शन गरेका थिए। त्यस्तै १९ गते पनि प्रधानमन्त्री निवासमा धर्ना दिँदै आफूहरूको माग तत्काल सम्बोधन नभए देशभर काम ठप्प पार्ने निर्माण व्यवसायीले चेतावनी दिएका थिए।
सरकारले रकम भुक्तानी नदिसम्म मजदुरलाई पारिश्रमिक दिन नसक्ने निर्माण व्यवसायीहरूको भनाइ छ। ठेक्काको थप काम गर्न पनि नसकिने उनीहरूले बताएका छन्।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
