प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि सोमबार बोलाइएको राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि सोमबार बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ।
एमालेका सांसदहरूले उठेर अवरोध गरेपछि सोमबार बसेको राष्ट्रियसभा बैठक पनि आगामी साउन २४ गते बुधबारसम्मका लागि स्थगित गरिएको हो।
बैठकको शुरूमै बोल्दै एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म आफ्नो पार्टीले सदन चल्न नदिने अडान राखिन्।
सरकार र सत्तारुढ दलमा आबद्ध नेताहरू आफैँ मुछिएकाले सो प्रकरणको छानबिन गर्न सरकारी निकायहरू समक्ष नहुने भएकाले आफ्नो पार्टीले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्नुपरेको उनले स्पष्टीकरण दिइन्।
सांसद थापाले सत्तारुढ दलहरूकै सरकार भएको बेला सुन तस्करीमा संलग्न दावाछिरिङ शेर्पालाई नेपाली नागरिकता दिने, सुन तस्कर छुटाउनका लागि टेलिफोनमार्फत दबाब दिने माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई कारबाहीको दायरामा ल्याउने काम सरकारले गर्न नसक्ने भएकाले पनि उच्चस्तरीय छानबिन बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरिन्।
सांसद थापाले राष्ट्र, राष्ट्रिय सुरक्षा र मुलुकको छविसँग जोडिएको सो सुन तस्करी प्रकरणको छानबिन निष्पक्ष हुनुपर्ने कुरालाई सुनिश्चित गर्न सरकार उच्चस्तरीय छानबिन समिति बनाउन सहमत हुनुपर्ने तर्कसमेत गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
