राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै हिमालयन र कुमारीसहित तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गरेका तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले दुई बैंकलाई जरिबाना तिराएको छ भने एउटालाई सचेत गराएको छ।
राष्ट्र बैंक सुपरिवेक्षण विभागले २०७९ माघमा कर्जा/निक्षेप अनुपात कायम नगरेको पाइएपछि कुमारी बैंकलाई ५९ लाख ६३ हजार रुपैयाँ जरिबाना गरेको छ।
कात्तिकमा कर्जा/निक्षेप अनुपात कायम नगरेको हिमालयन बैंकलाई पनि १ करोड ३९ लाख ४७ हजार रुपैयाँ जरिबाना तिराइएको सुपरिवेक्षण विभागले जनाएको छ। राष्ट्र बैंकले कुमारी बैंकलाई पहिलो र हिमालयनलाई दोस्रो पटक कारबाही स्वरूप जरिबाना गरेको हो।
यस्तै, राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतप्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७९, बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र प्रिमियम दर बढाएर ब्याज असुल गरेपछि प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नारायणदास मानन्धरलाई राष्ट्र बैंकले सचेत गराएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
