सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा बोलाएको शीर्ष दलका नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ। अर्को बैठक सोमबार नै साढे ३ बजे बस्ने भएको छ।
काठमाडौँ– सदनको अवरोध खुलाउन भन्दै सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठक बिनानिष्कर्ष टुंगिएको छ। बैठक सोमबार नै पुनः साढे ३:३० बजे बस्ने गरी टुंगिएको हो।
प्रमुख प्रतिपक्षी दलले एमाले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ। साउन ३ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास गरी बाहिरिएको सुन बरामद प्रकरणमा एमालेले उच्चस्तरीय छानबिनको आफ्नो अडान कायम राखेको अवस्थामा सभामुख घिमिरे शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।
छलफल सकारात्मक रहे पनि निष्कर्ष ननिस्किसकेकाले पुनः साढे ३ बजे शीर्ष नेताहरूले छलफल गर्ने गरी बैठक टुंगिएको नेताहरूले बताएका छन्। योसँगै सोमबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि ४ बजेसम्म सारिएको छ।
बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको थियो। बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थिति रहेका थिए।
साउन १० गते बसेको प्रतिनिधिसभाको बैठक प्रमुख विपक्षी दलले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ।
सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए। प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटकभन्दा बढी छलफल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
