नेपालमा सात हजार ७३३ जनामा डेंगी संक्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
काठमाडौँ– नेपालमा सात हजार ७३३ जनामा डेंगी संक्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले हालसम्म सात हजार ७३३ जना संक्रमित भएको जानकारी दिए। सोमबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै डा. मरासिनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको जानकारी दिए।
उनका अनुसार ७१ जिल्लामा डेंगी संक्रमण देखिएको छ। सबै जिल्लामा डेंगी सार्ने लामखुट्टे रहेको छ र जति बेला पनि डेंगी सर्न सक्ने छ। “जनवरी १ देखि अगस्ट ६ सम्म सात हजार ७३३ केस रिपोर्ट भइसक्या छ। सबैभन्दा बढी केस सुनसरीबाट रिपोर्ट भएको छ। सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिकामा संक्रमित धेरै छन्। जुलाईमा धेरै केस देखिन्छ। सात जनाको मृत्यु भएको छ,” उनले भने।
उनका अनुसार गत वर्ष करिब ५४ हजार ७८४ केस रिपोर्टे भएका थिए। जसमध्ये ८८ जनाको मृत्यु भएको भएको थियो। डेंगीको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो। विभिन्न समयमा यसले महामारीको रूप लिने गरेको छ। सन् २०१९ र सन् २०२२ मा महामारीको रूप लिएको थियो।
अन्य स्वास्थ्य समस्या रहेका बिरामीमा डेंगीको संक्रमण भएका कारण उनीहरूको ज्यान जाने गरेको उनले बताए। “कतिपय बिरामीहरू किड्नीका हुनुहुन्थ्यो। कतिपयले डायलायसिस गराइरहनु भएको थियो। कतिपय बिरामी सुगरको हुनुहुन्थ्यो,” उनले भने।
स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगी संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको बताए। डा.पोखरेलले डेंगी रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. विमल शर्मा चालिसेले डेंगी नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए। उनले लामखुट्टे बस्ने वासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
