भारतीय कमेडियन राजु श्रीवास्तवको उपचारका क्रममा बुधबार दिल्लीको एम्स अस्पतालमा ५८ वर्षको उमेर निधन भएको छ।
भारतीय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। उनको बुधबार दिल्लीस्थित एम्स अस्पतालमा ५८ वर्षको उमेरमा निधन भएको हो।
श्रीवास्तवलाई दिल्लीको एउटा होटलमा जिम गर्ने क्रममा हृदयघात भएको थियो। त्यसपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। उनी पछिल्लो ४० दिनदेखि भेन्टिलेटरमा थिए। १० अगस्टमा व्यायाम गर्ने क्रममा एक्कासि ढलेपछि श्रीवास्तवलाई अस्पताल भर्ना गरिएको थियो।
सन् १९६३ मा भारतको कानपुरमा जन्मिएका श्रीवास्तवलाई बाल्यकालदेखि नै फिल्मी कलाकारको मिमिक्री गर्ने चाहना थियो। कमेडीमा उनको पहिचान पनि अमिताभ बच्चनको मिमिक्रीबाट बन्यो।
सन् १९८२ मा मुम्बइ पुगेका श्रीवास्तवले सुरुवाती चरणमा अर्केस्ट्रामा काम गरे। उनी ८० को दशकमा अभिनय क्षेत्रमा प्रवेश गरे। उनले सबैभन्दा बढी चर्चा सानो पर्दाबाट कमाए।
उनी सलमान खानको 'मैंने प्यार किया'बाट फिल्मी दुनियाँमा प्रवेश गरे। उनले 'बाजिगर'देखि 'बाम्बे टु गोवा' तथा 'आमदानी अठन्नी और चर्चा रुपय्या'जस्ता धेरै फिल्ममा काम गरेका छन्।
तर, देशव्यापी प्रसिद्धि सन् २००५ को 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'बाट कमाए। यो कार्यक्रमले उनलाई हिन्दी भाषी दर्शकहरूमाझ परिचित बनायो। 'गजोधर भैया'को भूमिकामा उनी निकै चर्चित भए। श्रीवास्तवले यस चरित्रमार्फत आम भारतीयको जीवनसँग सम्बन्धित पक्षहरू व्यङ्ग्यात्मक तरिकाले उठाउँथे।
श्रीवास्तव पछिल्लो दशकमा राजनीतिमा सक्रिय थिए। उनी केही समय समाजवादी पार्टीसँग आवद्ध भए। सन् २०१४ मा भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
