एमाले सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कामबाट ढुक्क हुन नसकेको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारबाट सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनेमा आफूहरू विश्वस्त हुन नसकेको बताएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका हुन्।
उनले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति नै विश्वास नभएको बताए। “सरकारको नेतृत्व गर्ने मान्छेमाथि नै विश्वास छैन नि। प्रचण्डजीले जतिसुकै ठूलो कुरा गरे पनि उहाँको कामले ढुक्क हुने अवस्था त छैन,” उनले भने।
उनले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए। उनले राजनीतिक रूपमा कडा कदम नचालेसम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने बताए।
“राजस्वको छानबिन पनि जारी रहन्छ। सीआईबीले गर्ने छानबिन पनि जारी रहन्छ। अर्को एउटा कसरी सुन तस्करी रोक्ने भन्ने एउटा नीतिगत निर्णय पनि गर्नुपर्ला । सुन तस्करी सदाका लागि हाम्रो एयरपोर्टबाट तस्करी हुन कसरी रोक्ने भन्ने कुराको लागि पनि त छानबिन आयोग बनाउँदा के बिग्रिन्छ र?” उनले भने।
उनले करोडौँ रुपैयाँको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको बताए। लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनु मात्रै भएको उनले टिप्पणी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
