कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विवादास्पद छविका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्ने सरकारको निर्णयप्रति आफ्नो पार्टीको प्रष्ट विमति रहेको बताए।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताएका छन्।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताएका हुन्।
“एकदमै गलत सन्देश प्रवाह भएको छ,” उनले भने, “कुनै पनि संस्थाको नेतृत्व गर्नलाई चाहिने आवश्यक योग्यताहरू के हुन् ? कुनै पनि संस्थाका नेतृत्व गर्नका लागि आवश्यक व्यक्तिगत पृष्ठभूमि, छवि, योग्यता के हो भन्ने विषय सार्वजनिक बहसमा आइरहनुपर्ने विषय होइन।”
उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति कांग्रेसको प्रष्ट विमति रहेको भन्दै सो निर्णयको स्वामित्व कांग्रेसले नलिने बताए। सरकारको सो निर्णयप्रति नेपाली कांग्रेस पार्टीको आपत्ति रहेको उनले बताए।
“कस्तो छविको भनेर ध्यान नपुर्याउनु वर्तमान सरकारको गम्भीर गल्ती हो। म यो विषयमा प्रष्ट विमति राख्न चाहन्छु। मैले रक्षा मन्त्री र कानूनमन्त्रीसँग सम्पर्क गरेर ध्यानाकर्षण गराएको छु। यो निर्णय सरकारको निर्णय हो। यो निर्णयको स्वामित्व नेपाली कांग्रेस बोक्दैन,” उनले भने।
महामन्त्री शर्माले संसद् अवरुद्ध गरेर बाहिरबाट समाधान खोज्नु संसदीय प्रक्रिया नभएको भन्दै अवरुद्ध संसद् खोलेर बहस गरी निष्कर्षमा पुग्नुपर्ने बताए। उनले हरेक विषय आउनासाथ संसद् अवरोध गरिहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
