नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
काठमाडौँ– फिफा विश्वकप २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरण खेल्न लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारी स्वरूप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो।
एन्लाका अनुसार खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा खेलिनेछन्। यो मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत खेलिन लागिएको हो। नेपालले अक्टोबर १२ र १७ मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्ने छ।
दोस्रो चरणमा प्रवेश गरेमा नेपालले समूह ‘एच’मा रहेको यूएई र बहराइन या यमन र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ। दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ र जुन २०२४ को बीचमा होम एन्ड अवे ढाँचामा खेलाइने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
