काठमाडौँ उपत्यकामा भारी वर्षा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

वर्षाका कारण विष्णुमती, धोबिखोला, मनोहरा, हनुमन्तेलगायत खोलामा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

काठमौँको कालोपुल क्षेत्रमा मंगलबार बिहान डुबानमा परको सडक। तस्वीर: उकालो

काठमाडौँ– काठमाडौँ उपत्यकामा गए रातिदेखि भारी वर्षा भइरहेको छ।

बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी बर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण विष्णुमती, धोबिखोला, मनोहरा, हनुमन्तेलगायत खोलामा जलसतह बढ्दो रहेको छ। केही स्थानमा जलसतह सतर्कता तह नजिक पुगेकाले उपत्यकाका नदी तटीय क्षेत्रका बसोबास गर्ने र नदी किनारको सडकबाट यात्रा गर्नेले बिहान ११ बजेसम्म उच्च  सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

भारी वर्षाका कारण काठमाडौँका विभिन्न स्थानका बस्ती डुबानमा परेका छन्। धोबिखोला किनारको कालोपुल, अनामनगरलगायत बस्तीमा डुबान भएको छ।