काठमाडौँका विभिन्न स्थानमा डुबान, धोबिखोलाले नाघ्न थाल्यो सडक

अनामनगर क्षेत्रमा धोबीखोलाले जल सतह पार गरेपछि डुबान र बाढीको जोखिम भएको छ।

काठमाडौँ– अविरल वर्षाका कारण काठमाडौँका विभिन्न स्थानमा डुबान भएको छ।

नदी तथा खोलाहरूमा जलसतह बढेपछि बाढी बस्तीमा पसेको छ। बागमती विष्णुमती र धोबिखोलाको बाढी बस्तीमा पसेको हो।

अनामनगर क्षेत्रमा धोबीखोलाले जल सतह पार गरेर सडकबाट बगिरहेको स्थानीयले बताएका छन्।

नदी किनारका घरमा खोलाको पानी पसेको स्थानीय ज्ञानु घिमिरेले बताइन्। सो क्षेत्रका रुद्रमती पुल, मदन भण्डारी कलेज आसपास डुबानको जोखिम बढेको छ।