लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखरा, चितवन, बागलुङलगायत ठाउँमा जाने गाडी रोकिएका छन्।
ढोरपाटन– अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
अविरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानीमा पहिरो भएको छ। उता, करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए।
मध्यपहाडी लोकमार्गमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ। गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न मेसिन पठाइएको प्रहरीले जनाएको छ।
“वर्षा ठूलो भयो, राति पहिरो गएपछि दुईवटै सडक अवरुद्ध छन्, खुलाउने प्रयास भएको छ,” उनले भने, “मध्यपहाडी लोकमार्ग केहीबेरमा सञ्चालनमा आउने देखिएको छ भने करिडोर खुलाउन केही समय लाग्छ, निकै ठूलो पहिरो गएको हुँदा पन्छाउन ठूलो मेसिन चाहिन्छ।” वर्षा कम भएकाले करिडोर दिउँसोसम्म खुल्ने सम्भावना रहेको उनले बताए।
करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्रमा यातायात सञ्चालन हुनसकेको छैन। लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखरा, चितवन, बागलुङलगायत ठाउँमा जाने गाडी रोकिएका छन्।
बागलुङ बजारबाट पश्चिमतर्फ सञ्चालन हुने गाडी पनि ठप्प भएका छन्। यात्रु बीचबाटोमा अलपत्र परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
