विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन

वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति प्रहरी सचेत हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्। 

मंगलबार बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन निर्देशन दिएका हुन्। 

वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

“उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुनुस्,” उनले महानिरीक्षक कुँवरलाई भने।