एमाले मंगलबारको संसद् बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको सचेतक महेश बर्तौलाले बताए।
काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंगलबार सदनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोल्न दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार शीर्ष नेताबीच भएको बैठकपछि एमाले सदनमा गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो।
बालुवाटारमा बसेको बैठकमा एमालेले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्याएको थियो।
बाढी–पहिरो लगायतका विषयमा सांसदले सरकारलाई ध्यानाकर्षण पनि गराउनुपर्ने भएको भन्दै एमालेले मंगलबारको संसद् बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको सचेतक महेश बर्तौलाले बताए।
“उच्चस्तरीय छानबिन समिति गठन गर्छौं भन्ने जवाफ गृहमन्त्रीबाट आयो भने बैठक अगाडि जान्छ,” उनले भने, “नत्र सदन अगाडि बढ्न सक्दैन।”
तस्करलाई संरक्षण गर्ने सरकारको रबैयाको एमालेले विरोध गर्ने उनको भनाइ छ।
“सत्ता गठबन्धन तस्करलाई संरक्षण गर्न लागेको छ। छानबिन गर्न समिति बनाऊँभन्दा ओठ तालु सुकाएर बस्छ सरकार पक्ष। किनभने प्रत्येक काण्डमा उहाँहरू निकटमा पात्र जोडिएका छन्,” उनले भने।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित थिए।
प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो तीन बजेका लागि डाकिएको छ। यसअघि पटक पटक सूचना टाँसेर संसद् बैठक सर्दै आएको थियो।
सदनको अवरोध हटाउने विषयमा सोमबार सभामखु घिमिरको पहलमा शीर्ष नेताहरूबीच दुई चरणमा छलफल भए पनि बैठक विनानिष्कर्ष टुंगिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
