नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छ्याएर नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

चितवन– अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मंगलबार बिहान ५ः२० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फीरूपमा सञ्चालनमा आएको हो। 

इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो। बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरूपमा सञ्चालनमा आएको हो।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्। यस सडकखण्डमा पटक–पटक पहिरो खस्दै आएको छ।