काठमाडौँ– यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। मंगलबारको कारोबारमा नेप्से परिसूचक २८.४० अंकले घटेर २०१९.८५ अंकमा कायम भएको हो। नेप्से परिसूचक आइतबार ३८.३७ र सोमबार ३.२१ अंकले घटेको थियो।
विभिन्न कम्पनीका २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता शेयर ७४ हजार २५७ पटक खरिदबिक्री हुँदा एक अर्ब ७३ करोड ७० लाख १४ हजार ५०० रुपैयाँबराबरको कारोबार भएको छ। मंलबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १९६.०१ र निर्जीवन बीमा समूहको उपसूचक ११२.२५ अंकले घटेको छ। बैंकिङ १३.२५, विकास बैंक ६६.६८, वित्त ४८.०१, होटल तथा पर्यटन ८४.३६ र जलविद्युत् समूह ३८.५२ अंकले घटेको छ।
त्यस्तै, लगानी समूह ०.५१, उत्पादन तथा प्रशोधन ७३.६१, लघुवित्त ६०.९८, म्युचुअल फन्ड ०.१०, व्यापार ७७.३५ र अन्य समूह २६.७९ अंकले घटेको छ।
स्वरोजगार लघुवित्त विकास बैंकको शेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१ को शेयर मूल्य प्रतिकित्ता नौ प्रतिशतका दरले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ करोड ८९ लाख ३२ हजार २०२ रुपैयाँ बराबरको दुई लाख ९९ हजार ५९७ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
