कांग्रेस महामन्त्री शर्माले भ्रष्टाचारको मुद्दा,सुशासन ल्याउने कुरामा राजनीतिक दलहरूले सत्तापक्ष र प्रतिपक्षको मनोभावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए।
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद् बैठक अवरुद्ध पार्ने काम नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्।
सुन प्रकरणलगायतका जनताका तमाम प्रश्नहरूको जवाफ खोज्ने थलो भएकाले संसद्लाई एमालेले अवरोध गर्न नहुने उनको तर्क थियो। मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पछिल्लो सुन प्रकरणको छानबिनका लागि राज्यका निकायहरूलाई विश्वास गरेर जान पनि एमालेसँग विशेष अनुरोध गरे।
उनले वर्तमान सरकारले सुन प्रकरण, ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारको फाइल खोल्दै जाने तर एमालेले भने त्यसमा सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। “आज प्रश्न गर्दै गर्दा यही सरकार होइन, जसले ललिता निवास प्रकरणको बन्द भएको फाइल खोलेको छ। यही सरकार होइन, जसले नक्कली भुटानी शरणार्थी प्रकरणमा गम्भीरतापूर्वक फाइल खोलेको छ। एकातिर सरकारले फाइल खोल्ने, अनि फाइल खोल्दै गर्दा सहयोग गर्ने कुरामा भन्दा पनि आशंका छ भनेर भन्ने। अनि रोस्टममा उभिएर दोस्रीलाई उम्काउन खोज्दै छ भनेर, फसाउन खोजिँदै भनेर भनिदिने काम गर्नु हुन्न” उनले भने।
उनले कानून, संविधान, नियम र नियमावलीअनुसार पनि राज्यका निकायले सुन प्रकरणको अनुसन्धान गर्ने कुरा उल्लेख गरेकाले त्यसलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए। उनले छानबिन समिति बनाउने भए संविधानले बलियो बनाएका संस्थाहरूप्रति विश्वासको संकट किन उत्पन्न भयो भन्नेबारे बनाउनुपर्ने बताए। “संविधानले बलियो बनाएका संस्थाहरूप्रति हामी किन विश्वास गर्न सकिरहेका छैनौँ? छानबिन यसमा गरौँ। हामीले छानबिन गरौँ कि विश्वासको संकट उत्पन्न हुनुपर्ने गरी हामीले यसलाई कहीँ न कहीँ, केही न केही हाम्रा कमजोरीहरूका कारण आज किन प्रश्न उठाइरहेका छौँ?” उनले भने
महामन्त्री शर्माले भ्रष्टाचारको मुद्दा, मुलुकमा सुशासन ल्याउने कुरामा राजनीतिक दलहरूले सत्तापक्ष र प्रतिपक्षको मनोभावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए। “यो विषय सत्ता र प्रतिपक्षको मनोविज्ञानभन्दा माथि उठेर सोचौँ। आवेशभन्दा माथि उठेर सोचौँ। र, सुशासनको सन्दर्भमा प्रतिबद्ध भएर सोचौँ,” उनले भने।
महामन्त्री शर्माले एमालेतर्फ संकेत गर्दै मदन भण्डारी हत्या प्रकरण, निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि फाइल खोज्नुपर्ने कि नपर्ने ? भनी प्रश्न समेत गरे। कांग्रेसले भ्रष्टाचार संलग्नहरूलाई कुनै पनि हालतमा नछोड्ने निर्णय लिएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सबै राजनीतिक दलहरू एकमत भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
“सुन प्रकरणमा पनि राज्यका निकायहरूले गरेका अनुसन्धानलाई सहयोग गरेर जाऊ। यो संसद्लाई खोली राखेर जनताका जीवन्त मुद्दाहरूलाई प्रश्न गर्न चाहेका प्रत्येक माननीय सदस्यहरूको हृदयमा भएका प्रश्नहरूलाई प्रस्तुत गने थलो प्रश्न गर्ने यो थलोको बिचबाट उत्तर खोजी राखेर अघि बढेन प्रयत्न गरौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
